
काठमाडौँ । न्यूजील्याण्डले अफगानिस्तानलाई १४९ रनले पराजित गरेको छ । न्यूजील्याण्डले दिएको २८९ रनको लक्ष्य पछाएको अफगानिस्तान ३४.४ ओभरमा अलआउट हुदै १३९ रन मात्र बनाएपछि न्यूजील्याण्ड १४९ रनले विजयी भएको हो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले ५० ओभरमा ६ विकेट गुमाउदै २८८ रन बनाएको थियो ।
न्यूजील्याण्डका लागि ग्लेन फिल्प्सले सर्बाधिक ७१ रन बनाए भने कप्तान टम लाथमले ६८ रन बनाएका थिए । दुवैले पाँचौं विकेटका लागि १४४ रनको साझेदारी गरेका थिए ।
त्यस्तै विल योंगले ५४, रचिन रविन्द्रले ३२, मार्क चापम्यानले २५ र डेभोन कोनवेले २० रन बनाएका थिए ।
त्यसैगरी अफगानिस्तानका बलर नविन उल हक र अज्मातुल्लाह ओमरजाइले २-२ विकेट लिए भने राशिद खान र मुजीब उर रहमानले एक एक विकेट लिएका थिए ।
यो जितपछि जारी क्रिकेट विश्वकपमा न्यूजील्याण्डले लगातार चौथो जित हासिल गरेको छ । योसँगै ४ खेलमा ८ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ । त्यस्तै अफगानिस्तानको भने यो हारपछि चार खेलमा २ अंक रहेको छ र अंकतालिकामा नवौं स्थानमा झरेको छ ।