
काठमाडौँ । अर्जुन कुमालले साउदी अरेबियाविरुद्ध शतक प्रहार गरेका छन् ।
एसीसी यू- १९ प्रिमियर कप अन्तर्गत साउदी अरेबियाविरुद्ध टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि कुमालले शतक प्रहार गरेका हुन् । कुमालले ९४ बलमा शतक पुरा गरेर खेलिरहेका छन् ।
उनीसँग ब्याटिंग गर्दै आकाश त्रिपाठीले ६२ रन बनाएर खेलिरहेका छन् ।
नेपाल यू-१९ को प्रिमियर कप अन्तर्गतको सेमिफाइनलमा पुग्न आजको खेल जित्नैपर्ने अवस्था रहेको छ ।
नेपालका लागि दीपक बोहोराले २९ रन बनाएर आउट भएका छन् ।