
काठमाडौँ । नेपालले आज त्रिकोणात्मक टी- २० सिरिज अन्तर्गत दोस्रो खेलमा हङकङको सामना गर्दै छ ।
मुलपानी क्रिकेट मैदानमा हुन लागेको यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै हङकङले पहिला ब्याटिंग गर्ने भएको हो ।
आजको खेलमा नेपालले कुनै परिवर्तन गरेको छैन ।
नेपालीको प्लेइङ ११: रोहित पौडेल (कप्तान), आसिफ सेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, श्याम ढकाल र अभिनाश बोहोरा ।