
काठमाडौँ । नेपालले हङकङविरुद्ध छैटौं सफलता हासिल गरेको छ ।
त्रिकोणात्मक सिरिज अन्तर्गत आजको खेलमा टस जितेर पहिला बलिङ गरिरहेको नेपाललाई मौसम ढकालले छैटौं सफलता दिलाएका हुन् । मौसमले १७ रन बनाएर खेलिरहेका हङकङका जीशान अलिलाई आउट गरेका हुन् । आफ्नो दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेल खेलिरहेका मौसमले आफ्नो पहिलो विकेट लिएका छन् ।
यसअघि यस खेलमा करण केसीले तीन विकेट लिएका थिए भने सोमपाल कामी र कुशल मल्लले एक विकेट लिएका थिए ।