राजनीति

गुटेरेसले नेपाल भ्रमण गरेपछि मात्र परराष्ट्रमन्त्री साउदले अमेरिका भ्रमण गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण पछि मात्र परराष्ट्रमन्त्री एनपी साउदको अमेरिकाको भ्रमण गर्ने भएका छन् ।

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेस आगामी कार्तिक ११ गते राति नेपाल भ्रमणका लागि आउने भएका छन् । महासचिव गुटेरेससँग कार्तिक १२ गते भेट गरेपछि मात्र परराष्ट्रमन्त्री साउद अमेरिका जाने गरी भ्रमणको नयाँ कार्यतालिका सार्वजनिक हुने पराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि गुटेरेस गत असोज २६ र २७ मा नेपाल आउने कार्यक्रम थियो। इजरायल युद्धको मुख्य कारण उनको भ्रमण रद्ध भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *