देश

ओखलढुङ्गा : सांसद खतिवडाद्धारा कैदी बन्दीलाई खसी उपहार

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ओखलढुङ्गा जिल्ला कारागारका कैदी बन्दीलाई दसैँमा खसी उपहार दिएका छन् । पहाडी क्षेत्रका कैदी बन्दीलाई दसैँ मनाउन खसी उपहार दिएको उनले बताए । महिला कैदी बन्दीले जेल साँघुरो भएको गुनासो गरेपछि महिला कैदी बन्दीका लागि जेल भवन बिस्तारका लागि आँफूले पहल गर्ने बताए ।

जिल्ला कारागार भ्रमणका क्रममा २५ जना कैदी अट्ने जेलमा ८१ जनासम्म कैदी राखिएकोले जेल भवन विस्तार गर्नु पर्ने अवस्थामा रहेको उनको भनाइ छ ।महिला कैदी बन्दीका लागि पनि असाध्यै सानो ठाउँ, बिजोग भएको देखेर लगभग ४० किलो जतिको एउटा खसी वितरण गरेको उनले बताए ।

कैदी बन्दीको अनुहारमा खु्सी ल्याउनका लागि दशैँमा खसी उपहार दिएको उनले बताए । बुवा बिरामी भएर त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको भन्दै जिल्लामा शुभकामना आदानप्रदान गरेर आँफू काठमाडौँ फर्किएको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *