देश

राष्ट्रपति पौडेलले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको सूचनाअनुसार कात्तिक ७ गते विजया दशमीका दिन पौडेलले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई शीतल निवासमा टीका लगाइदिने भएका हुन् ।

मंगलबार दिउँसो २ देखि अपरान्ह ३ बजेसम्म उनले उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश, मन्त्रीहरु, सांसद, सरकारी कर्मचारी, प्रहरी, सेनाका अधिकारीलाई टीका लगाइदिने भएका छन् ।

अपरान्ह ३ देखि बेलुका ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने समय निर्धारण गरिएको जारी सूचनामा उल्लेख छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई यसपटक दशैंको टीका लगाइदिने भएका छन् । उनले निर्मल निवासमा टीका लगाइदिने भएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *