खेलकुद

आज अस्ट्रेलिया र पाकिस्तानबीच भिडन्त

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकपमा आज अस्ट्रेलिया र पाकिस्तानबीच खेल हुदै छ । भारतकोको बैंगलुरुस्थित चिन्नास्वामी स्टेडियममा यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि हुने छ ।

जारी क्रिकेट विश्वकपमा अस्ट्रेलियाले ३ खेलमा २ खेल हारेको छ भने एक खेलमा जित हासिल गरेको छ । त्यसैगरी पाकिस्तानले ३ खेलमा २ खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ ।

पाकिस्तानले यस विश्वकपमा राम्रो शुरुवात गर्दै शुरुका दुई खेलमा जित हासिल गरेपनि अन्तिम खेलमा भारतसँग लज्जास्पद हार बेहोरेको थियो । त्यस्तै अस्ट्रेलियाले भने यस विश्वकपमा खराब शुरुवात गर्दै शुरुका दुई खेलमा हार बेहोरेको थियो भने पछिल्लो खेलमा श्रीलंकालाई ५ विकेटले पराजित गरेर विजयी लयमा आउने प्रयासमा रहेको छ ।

अस्ट्रेलिया र पाकिस्तानबीच अहिलेसम्म कुल १०७ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन्, जसमा अस्ट्रेलियाले ६९ खेल जितेको छ भने पाकिस्तानले ३४ खेल जितेको छ । त्यसैगरी एक खेल बराबरीमा सकिएको थियो भने ३ खेलको नतिजा आएको थिएन ।

अष्ट्रेलियाको सम्भावित प्लेइङ ११: डेभिड वार्नर, मिचेल मार्स, स्टिभन स्मिथ, मार्नस लाबुस्चेन, क्यामरुन ग्रीन, जोश इंग्लिस (विकेटकिपर), ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, प्याट कमिन्स (कप्तान), जोश हेजलवुड र एडम जाम्पा ।

पाकिस्तानको सम्भावित प्लेइङ ११- बाबर आजम (कप्तान), शाडाब खान, अब्दुल्ला शफिक, हरिस रउफ, हसन अली, इफ्तिखार अहमद, इमाम उल हक, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेटकीपर) र शाहीन शाह अफ्रिदी ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *