काठमाडौँ । भारतले जारी आइसीसी क्रिकेट विश्वकपमा लागातार चौथो जित हासिल गरेको छ । विहिबार सम्पन्न खेलमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गर्दै विश्वकपमा लगातार चौथो जित हासिल गरेको हो ।
बंगलादेशले दिएको २५७ रनको लक्ष्य पछाएको भारतले ४१.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
भारतका लागि विराट कोहलीले अविजित १०३ रन बनाएका थिए । यो विराट कोहलीको एकदिवसीय क्रिकेटमा ४८औं शतक हो । त्यसैगरी शुभमन गिलले ५३, कप्तान रोहित शर्माले ४८, केएल राहुलले अविजित ३४ र् श्रेयस अय्यरले १९ रन बनाएका थिए ।
बंगलादेशका बलर मेहिदी हसन मिराजले २ र् हसन महमुदले एक विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले ५० ओभरमा ८ विकेट गुमाउदै २५६ रन बनाएको थियो ।
यो जितपछि भारतको ४ खेलमा ८ अंक भएको छ र् अंकतालिकामा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी बंगलादेशको भने यो यस विश्वकपमा तेस्रो हार हो । बंगलादेशको ४ खेलमा २ अंक रहेको छ ।
अब भारतले अर्को खेल न्यूजील्याण्डविरुद्ध आगामी आइतबार खेल्ने छ भने बंगलादेशले मंगलबार दक्षिण अफ्रिकाविरुद्ध खेल्ने तालिका रहेको छ ।