विश्व

अस्ट्रेलियाको क्विन्सल्याण्डमा विमान दुर्घटना : पाइलटको मृत्यु

सिड्नी । अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा बिहीबार एउटा हल्का विमान दुर्घटना हुँदा त्यसमा सवार पाइलटको मृत्यु भएको भएको छ । क्विन्सल्याण्ड प्रहरीले विज्ञप्ति जारी गर्दै विमान राज्यको दक्षिण पूर्वमा रहेको ग्रामीण शहर वारविक नजिकै पाल्ग्रेभको खेतमा खसेको पुष्टि गरेको छ ।

‘स्थानीय समय करिब १२ः१५ बजे एउटा हल्का विमानमा समस्या देखिएको जानकारी प्राप्त भएको प्रहरी अधिकृत पाउला स्मिथर्डले पत्रकारहरूलाई जानकारी गराएकी थिइन् । दुर्घटना बारे अनुसन्धान जारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *