खेलकुद

हार्दिक पाण्डेयले न्यूजील्याण्डविरुद्धको खेल गुमाउने

काठमाडौँ । भारतका अलराउन्डर हार्दिक पाण्डेयले न्यूजील्याण्डविरुद्धको खेल गुमाउने भएका छन् ।

विहिबार बंगलादेशविरुद्धको खेलमा बलिङ गर्नेक्रममा एंकलमा चोट लागेपछि मैदान छोडेका हार्दिकले आइतबार धर्मशालामा हुने न्यूजील्याण्डविरुद्धको खेल गुमाउने भएका हुन् ।

भरतीय क्रिकेट बोर्डले हार्दिकको स्क्यान गरिएको र चिकित्सकले उनलाई आराम गर्न भनेकाले आइतबारको खेलका लागि धर्मशाला नजाने जानकारी दिएको छ । हार्दिक अब सिधै अक्टोबर २९ मा हुने इङल्याण्डविरुद्धको खेलका लागि टिमसँग हुने छन् ।

बंगलादेशविरुद्धको खेलमा ०.३ ओभर बलिङ गरेपछि घाइते भएपछि मैदान छोडेका थिए । हार्दिक मैदान बाहिर गएपछि उनको ओभर विराट कोहलीले पुरा गरेका थिए ।

हार्दिकले यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् र उनले यसअघिका तीन खेलमा कुल ५ विकेट लिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *