
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परिवारले यसपटक बडादसैँ नमनाउने भएको छ । पत्नी सीता दाहालको शोकका कारण प्रचण्ड परिवारले दसैँ नमनाउने उनको निजी सचिवालयले जनाएको छ ।
दसैँमा नेता कार्यकर्तासँग प्रधानमन्त्री प्रचण्डको भेटघाटको कार्यक्रम भने रहेको बताइएको छ । दसैंका बेला उनी बालुवाटारमै रहने माओवादी नेताहरूको भनाइ छ ।
प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीको पनि यसपटक दसैं छैन । ठूलीआमाको निधन भएकाले ओलीले यसपटक टीका नलगाउने भएका छन् । ओली बिहीबार नै गृहजिल्ला झापा पुगेका छन् ।
उनी नवमीका दिन काठमाडौं फर्कने भएका छन् । टीका नलगाउने भएकाले उनी विजयादशमीको अघिल्लै दिन काठमाडौं आउन लागेका हुन् ।