काठमाडौँ । अहिले जारी पाकिस्तानविरुद्धको खेलमा अस्ट्रेलियाका दुवै ओपनरले शतक बनाएर उत्कृष्ट शुरुवात गरेका छन् ।
टस हारेर पहिला ब्याटिंग गरिरहेको अस्ट्रेलियाका लागि डेभिड वार्नर र मिचेल मार्श दुवैले शतक प्रहार गरेका हुन् । अस्ट्रेलियाका लागि क्रिकेट विश्वकपमा अहिलेसम्मकै ठुलो साझेदारी गर्दै वार्नर र मार्शले आ-आफ्नो शतक पुरा गरेका छन् ।
डेविड वार्नरले ८५ बलमा आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २१औं शतक प्रहार गरेका छन् । त्यस्तै वार्नरले विश्वकपमा अस्ट्रेलियाबाट बढी शतक बनाउने रिक्की पोंटीङको रेकर्डको बराबरी गरेका छन् । अब दुवैको विश्वकपमा ५-५ शतक भएका छन् ।
त्यसै गरि मार्शले १०१ बलमा आफ्नो सतक पुरा गरेका थिए । मार्शको एकदिवसीय क्रिकेटमा यो दोस्रो शतक हो ।