खेलकुद

क्रिकेट विश्वकपमा आज दुई खेल हुदै

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकपमा आज दुई खेल हुदैछन् । आज पहिलो खेल नेदरल्याण्डस र श्रीलंकाबीच तथा दोस्रो खेल इङल्याण्ड र दक्षिण अफ्रिकाबीच हुदै छ ।

नेदरल्याण्डस र श्रीलंकाबीचको खेल भारतको लखनउमा नेपाली समय अनुसार विहान १०: ४५ बजेदेखि शुरु हुदै छ भने इङल्याण्ड र दक्षिण अफ्रिकाबीचको खेल मुम्बईको वानखाड़े स्टेडियममा नेपाल समय अनुसार २: १५ बजेदेखि शुरु हुदै छ ।

नेदरल्याण्डस भर्सेस श्रीलंका :

जारी विश्वकपमा नेदरल्याण्डसले अहिलेसम्म खेलेका ३ खेलमा २ खेलमा हार बेहोरेको छ भने एक खेलमा जित हासिल गरेको छ । नेदरल्याण्डसले पछिल्लो खेलमा दक्षिण अफ्रिकामाथि ऐतिहासिक जित हासिल गरेको थियो ।

त्यसैगरी श्रीलंकाले भने यस विश्वकपमा खराब शुरुवात गरेको छ । अहिलेसम्म खेलेका तिनै खेलमा हार बेहोरेर श्रीलंका पहिलो जितको खोजीमा रहेको छ ।

नेदरल्याण्डस र श्रीलंकाबीच अहिलेसम्म ५ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन्, जसमा सबै खेल श्रीलंकाले जितेको छ ।

इङल्याण्ड भर्सेस दक्षिण अफ्रिका

जारी क्रिकेट विश्वकपमा इङल्याण्ड र दक्षिण अफ्रिका दुवैलाई अफगानिस्तान र नेदरल्याण्डसले पराजित गरेर यस विश्वकपका दुई ठुला ‘अपसेट’ गरेका थिए ।

दक्षिण अफ्रीकाले शुरुका दुई खेलमा जित हासिल गरेर विश्वकपमा शानदार शुरुवाट गरेपनि पछिल्लो खेलमा नेदरल्याण्डससँग हार बेहोरेपछि ब्याकफुटमा आएको छ । अहिले दक्षिण अफ्रिकाको ३ खेलमा ४ अंक छ र अंकतालिकामा तेस्रो स्थानमा छ ।

त्यसैगरी इङल्याण्ड पनि पछिल्लो खेलमा अफगानिस्तानसँग हार बेहोरेपछि अब जित्नैपर्ने दबाबमा आएको छ । इङल्याण्डको अहिले ३ खेलमा २ हार र एक जितसँगै २ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

इङल्याण्ड र दक्षिण अफ्रिकाबीच अहिलेसम्म ६९ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा इङल्याण्डले ३० खेल जितेको छ भने दक्षिण अफ्रिकाले ३३ खेल जितेको छ । त्यसैगरी ५ खेलको नतिजा आएको छैन भने एक खेल बराबरीमा सकिएको थियो ।

यस खेलमा इङल्याण्डले आफ्ना अलराउण्डर बेन स्टोकलाई टिममा फर्काउन सक्ने छ । बेनले सन्यास तोडेर विश्वकप टिममा समावेश भएपनि इन्जुरिका कारण अहिलेसम्म खेलेका छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *