खेलकुद

नेपाल र जापानबीचको यू-१९ प्रिमियर कपको सेमिफाइनल खेल बर्षाले अवरुद्ध

काठमाडौँ । एसीसी यू-१९ प्रिमियर कपको सेमिफाइनल खेल बर्षाले अवरुद्ध भएको छ । नेपाल र जापानबीचको सेमिफाइनल खेल बर्षाले रोकिएको हो ।

टस हारेर पहिला ब्याटिंग गरेको नेपालले खेल रोकिदासम्म २५ ओभरमा २ विकेट गुमाएर १४० रन बनाएको छ ।

नेपालका लागि दीपक बोहोरा ७९ रन बनाएर आउट भए भने अर्जुन कुमाल १० रन बनाएर आउट भएका थिए ।

अहिले आकास त्रिपाठी ३५ र देव खनाल ८ रन बनाएर क्रिजमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *