खेलकुद

नेपालले चौथो विकेट गुमायो, कप्तान रोहित आउट

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको आफ्नो तेस्रो खेलमा शनिबार नेपालले हङ्कङको सामना गरिरहेको छ ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा जारी उक्त खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले आफ्नो चौथो विकेट गुमाएको छ ।

नेपालले चौथो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको हो । रोहित १६ बलमा एक चौकाको मद्दतले ११ रन बनाउँदै आउट भए ।

उनलाई हङ्कङका बलर मोहम्मद घाजनफरले बोल्ड गरेका थिए । रोहित आउट हुँदा नेपालले ८.१ ओभरमा ५५ रन बनाएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *