
काठमाडौँ । नेपालले हङकङलाई २१४ रनको लक्ष्य दिएको छ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको हो ।
नेपालका लागि कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका थिए । कुशल र दिपेन्द्रले पाँचौं विकेटका लागि १४५ रनको साझेदारी गरेका थिए । कुशल मल्लले ४१ बलमा ९२ रन बनाएर् आउट भएका थिए भने दिपेन्द्र सिंह ऐरीले ३७ बलमा ५७ रन बनाएका थिए ।
त्यसैगरी आसिफ सेखले २०, कुशल भुर्तेलले २, सोमपाल कामीले ८, कप्तान रोहित पौडेलले ११ रन बनाएका थिए ।
त्यसैगरी हङकङका बलर मोहमद घजानफार र हारून अर्शदले २-२ विकेट लिएका तिह्ये भने आयुश शुक्ला र एजाज खानले एक एक विकेट लिएका थिए ।