खेलकुद

जापानलाई हराउँदै नेपाल यू-१९ एसिया कपमा

काठमाडौँ । नेपाल यू-१९ एशिया कपमा छनौट भएको छ । शनिबार सम्पन्न सेमिफाइनल खेलमा जापानलाई १४३ रनले पराजित गर्दै एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा पुगेसँगै नेपाल एशिया कपका लागि छनौट भएको हो ।

बर्षाले प्रभावित खेलमा २५ ओभरमा १८७ रनको लक्ष्य पछाएको जापान ११.५ ओभरमा केवल ४३ रन बनाएर अल आउट भएको थियो । यस अघि नेपालले २५ ओभरमा २ विकेट गुमाउदै १४० रन बनाएपछि खेल बर्षाले अवरुद्ध भएको थियो ।

अब नेपालले फाइनलमा युएईको सामना गर्ने छ भने तेस्रो स्थानका लागि जापान र सिंगापुर खेल्ने भएका छन् । तेस्रो स्थानको खेल अक्टोबर २३ मा र फाइनल खेल अक्टोबर २४ मा हुने छ ।

एशिया कपमा भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका सोझै छनोट भएका छन् भने अन्य तीन देश यस प्रिमियर कपबाट छनौट हुने छन् ।

नेपाल र युएई फाइनलमा पुगेसँगै एशिया कपका लागि छनौट भएका छन् । अब जापान र सिंगापुर मध्ये तेस्रो स्थानका लागि विजयी हुने देश पनि यू-१९ एशिया कपका लागि छनौट हुने छन् । यू-१९ एशिया कप आगामी डिसेम्बरमा पाकिस्तानमा आयोजना हुदै छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *