
पाकिस्तानी सेनाले शुक्रबार उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले चार आतंककारीलाई मारेको र अर्का एक जना घाइते बनाएको बताएको छ।
पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले विज्ञप्ति जारी गर्दै सुरक्षा बलले प्रान्तको लक्की मारवत जिल्लामा सो कारबाही गरेको थियो।
अपरेशनका क्रममा सेना र आतंककारीहरू बीच गोली हानाहान भएको र ती आतंककारी मारिएको बताइएको छ ।
मारिएका आतंककारीहरू सुरक्षा बल विरुद्ध विभिन्न किसिमका आतंककारी गतिविधिका साथै निर्दोष नागरिकको हत्यामा संलग्न रहेको सेनाको दाबी छ।
कारबाहीका क्रममा आतंककारीहरूबाट ठूलो मात्रामा हातहतियार, उपकरण र विस्फोटक पदार्थ समेत बरामद भएको छ ।