खेलकुद

ईङल्याण्डमाथि दक्षिण अफ्रिकाको फराकिलो जित

काठमाडौँ । दक्षिण अफ्रिकाले ईङल्याण्डलाई पराजित गरेको छ । शनिबार सम्पन्न जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले ईङल्याण्डलाई २२९ रनले पराजित गरेको हो ।

दक्षिण अफ्रिकाले दिएको ४०० रनको लक्ष्य पछाएको ईङल्याण्ड २२ ओभरमा १७० रन बनाएर अल आउट भएपछि दक्षिण अफ्रिका २२९ रनले विजयी भएको हो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ७ विकेट गुमाउदै ३९९ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि हेइनरिच क्लासेनले ६७ बलमा १०९ रनको शतकीय पारी खेलेका थिए । त्यसैगरी रीजा हेनड्रिक्सले ८५, रास्सी भान डेर दुसेनले ६०, एडन माक्रमले ४२ र् मार्को जानसेनले अविजित ४२ बलमा ७५ रन बनाएका थिए ।

यो जितपछि दक्षिण अफ्रिकाको ४ खेलमा जित र् एक हारसहित ६ अंक भएको छ र् अंक तालिकामा तेस्रो स्थानमा छ । त्यसैगरी ईङल्याण्डले भने ४ खेलमा तेस्रो हार बेहोरेको छ ।

अब दक्षिण अफ्रिकाले आगामी मंगलबार बंगलादेशसँग खेल्ने तालिका छ भने ईङल्याण्डले विहिबार श्रीलंकासँग खेल्ने तालिका रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *