खेलकुद

रोनाल्डो र टालिस्काको गोलमा अल नासर विजयी

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले दमाकलाई पराजित गरेको छ ।


शनिबार राति सम्पन्न खेलमा अल नासरले दमाकलाई २-१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा १-० गोल अन्तरले पछि परेको अल नासरले दोस्रो हाफमा २ गोल गर्दै खेलमा कम ब्याक गरेको थियो ।

अल नासरको जितमा टालीस्का र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । टालीस्काले खेलको ५२औं मिनेटमा र रोनाल्डोले खेलको ५६औं मिनेटमा फ्री-किकबाट गोल गरेका थिए ।

यो जितपछि अल नासरको १० खेलमा २२ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ । त्यसैगरी दमाकको १० खेलमा १० अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *