खेलकुद

त्रिकोणात्मक सिरिजमा आज युएई र हङकङ भिड्दै

काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज युएई र हङकङबीच खेल हुदै छ । मुलपानी क्रिकेट मैदानमा हुने यो खेल विहान ११ बजेदेखि शुरु हुदै छ ।

जारी सिरिजमा युएईले आफ्नो पहिलो खेलमा नेपालसँग हार बेहोरेको थियो भने हङकङले नेपालसँगका दुवै खेलमा हार बेहोरेको थियो । नेपालले आफ्ना शुरुका तीन खेलमा जित हासिल गरेर सिरिजको फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

युएई र हङकङबीच अहिलेसम्म ३ पटक टी-२० खेल भएका छन् । जसमा युएईले २ र हङकङले एक खेल जितेका छन् ।

यस सिरिजमा आजको खेलपछि युएईले सोमबार नेपालसँग खेल्ने छ भने बुधबार युएई र हङकङबीच फाइनलअघिको अन्तिम खेल हुने छ ।

सिरिजको फाइनल खेल भने आगामी शुक्रबार टियु मैदानमा हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *