
काठमाडौँ । अमेरिकन लिग सकरअन्तर्गत इन्टर मियामीले अर्को हार बेहोरेको छ ।
आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामी चार्लोट्टेसँग १-० गोल अन्तरले पराजित भएको हो । चार्लोट्टेको जितमा खेलको १३औं मिनेटमा केर्विन भारगासले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यस खेलमा लियोनेल मेसी टिममा फर्किएका थिए ।
योसँगै इन्टर मियामीको यस सिजनका खेल सकिएका छन् । यो हारपछि इन्टर मियामीको ३४ खेलमा ३४ अंक रहेको छ र लिगको इस्टर्न कन्फेरेन्सको पुछारबाट दोस्रोमा रहेको छ ।
त्यसैगरी चार्लोट्टेले भने यस जितबाट एमएलएसको प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । चार्लोट्टेले योजितपछि ३४ खेलमा ४३ अंकसहित नवौं स्थानमा उक्लिएसँगै प्लेअफका लागि आफ्नो स्थान सुरक्षित गरेको हो ।
यो खेलसँगै अब इन्टर मियामीको लागि यस सिजनका खेल सकिएको छ । अब इन्टर मियामीले नोभेम्बरमा क्लब फ्रेन्डली खेल खेल्ने तालिका रहेको छ ।