विश्व

राहत सामग्री बोकेका २० ट्रक गाजा प्रवेश

काठमाडौँ । इजिप्टको इजरायल र गाजा बीचको रफाह सीमा शनिबार खोलिएको छ । यससँगै हमासको हमलापछि झण्डै दुई सातादेखि इजरायलको घेराबन्दीमा रहेका प्यालेस्टाइनीहरूलाई सहायताको पहिलो खेप पुगेको छ ।

राहत सामग्री बोकेका २० ट्रक गाजा प्रवेश गरेका छन् । करिब ३,००० टन राहत सामग्री बोकेका २०० भन्दा बढी ट्रक इजिप्टको सिमानामा रोकिएका छन् । सहायता कार्यकर्ताहरूले सामग्रीको २० ट्रक मात्र अनुमति दिनु पर्याप्त नरहेको बताएका छन् । गाजाका करिब २३ लाख मानिस खाद्यान्न, औषधि र पानीको अभावबाट पीडित छन् ।

संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमका प्रमुख सिन्डी म्याककेनले गाजाको अवस्था निकै दयनीय रहेको बताएकी छन् । उनले धेरै राहत सामग्री चाहिने बताउदै हमासले पनि राहतका लागि सुरक्षित कोरिडोर हुनुपर्ने बताएको छ । यद्यपि इजरायली सेनाका प्रवक्ता ड्यानियल हागारीले गाजाको अवस्था नियन्त्रणमा रहेको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *