
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एथलेटिक क्लबलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले एथलेटिक क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा खेलको ८०औं मिनेटमा १७ बर्षिय मार्क गुइउले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । आफ्नो डेभ्यु खेलमा मार्कले जोअओं फेलोक्सको असिस्टमा गोल गरेका थिए ।
यस खेलमा बार्सिलोना रोबेर्ट लेवानडोस्की, फ्र्यांकी डी जोंग र पेड्री बिना खेलेको थियो । उनीहरु घाइते भएका करण टिममा थिएनन् ।
यो जितपछि बार्सिलोनाको १० खेलमा २४ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी एथलेटिक क्लबको १० खेलमा १७ अंक रहेको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ ।