
काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० शृङ्खलामा यूएईविरुद्ध आशिफ शेखले अर्धशतक बनाएका छन् ।
आशिफले ४४ बलमा १ छक्का र ६ चौका मद्दतमा ५३ रन बनाएका हुन् ।
यूएईले दिएको १६५ रनको लक्ष्य पछ्याएको नेपालको सुरुआत भने राम्रो थिएन ।२.१ ओभरमै महत्वपूर्ण तीन विकेट गुमाइसकेको नेपालको इनिङ्स आशिफ र कप्तान रोहितले सम्हालेका छन् ।यसअघि नेपालले ओपनर कुशल भुर्तेलसँगै सोमपाल कामी र कुशल मल्ललाई सस्तैमा गुमाएको थियो । नेपालको तीन विकेट जाँदा जम्मा ११ रन थियो ।