काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले यो वर्षको दशैँ काठमाडौँमा मनाउने भएका छन् । खनालले डल्लुस्थित आफ्नो निवासमा दसैँको टीका लगाउने भएका हुन् ।
बिहान परिवारसँग दसैँ मनाएपछि दिउँसो २ बजेपछि पार्टीका नेता कार्यकर्ताहरूलाई टीका लगाइदिने कार्यक्रम तय भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । खनालले दसैँ मनाउन, कार्यकर्ता तथा शुभचिन्तकसँग भेटघाट गर्न गृह जिल्ला इलामका सबै कार्यक्रम रद्द गरिसकेको भट्टराईको भनाई छ ।