
काठमाडौँ । अफगानिस्तानले पाकिस्तानमाथि ऐतिहासिक जित हासिल गरेको छ । जारी आइसीसी क्रिकेट विश्वकपमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको हो ।
पाकिस्तानले दिएको २८३ रनको लक्ष्य पछाएको अफगानिस्तानले ४९ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
यसअघि पाकिस्तानले टस जितेर पहिला ब्याटिंग गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८२ रन बनाएको थियो ।
यो अफगानिस्तानले एकदिवसीय क्रिकेटमा पाकिस्तानलाई पराजित गरेको पहिलो पटक हो ।
यो जितपछि अफगानिस्तानले यस विश्वकपमा दोस्रो जित हासिल गरेको छ । यसअघि अफगानिस्तानले ईङल्याण्डलाई स्तब्ध बनाउदै इतिहास बनाएको थियो ।
यो जितपछि अफगानिस्तानको ५ खेलमा २ जित र ३ हारसहित ४ अंक भएको छ । त्यसैगरी पाकिस्तानले भने यस विश्वकपमा तेस्रो हार भएको छ । पाकिस्तानको ५ खेलमा ४ अंक रहेको छ ।