गाजासिटी । अक्टोबार ७ को हमासको इजरायलमा आक्रमण पछि अहिलेसम गाजामा ५ हजारभन्दा बढीको मृत्यु भएको छ । प्यालेस्टाइन स्वास्थ्य मन्त्रालयले इजरायलको आक्रमणबाट गाजामा ५ हजार ८७ जनाको मृत्यु भएको जानकारी दिएको छ । त्यसैगरी अहिलेसम्म गाजामा १५ हजार २७३ जना घाइते भएका छन् ।
त्यसैगरी अक्टोबर ७ देखि अहिलेसम्म वेस्टबैंकमा ९५ प्यालेस्टाइनको मृत्यु भएको छ भने १८२८ जना घाइते भएका छन् ।
गाजामा अहिलेसम्म स्वास्थ्य क्षेत्रमा २५० भन्दा बढी आक्रमण भएको पनि जनाएको छ । गाजामा अहिले ३५ मध्ये १० अस्पतालको पूर्वाधार पूर्णरुपमा क्षति भएको बताएको छ । त्यसैगरी अहिलेसम्म ५४ स्वास्थ्यकर्मीको मृत्यु भएको छ भने ९० जना घाइते भएका छन् ।
साथै स्वास्थ्य मन्त्रालयले अहिले गाजाका अस्पतालमा एनेस्थेसिया बिना नै चिकित्सकहरुले अप्रेशन गरिरहेको बताएको छ ।