
काठमाडौँ । एशियन च्याम्पियन्स लिग अन्तर्गत अल हिलालले मुम्बई सिटीलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा अल हिलालले मुम्बई सिटीलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।
अल हिलालको जितमा अलेक्सान्डर मिट्रोभिकले ह्याट्रिक गरेका थिए । त्यसैगरी सेर्गेज मिलिन्कोभिक्, मोहमद अल्बुरायक र अब्दुलेह अल्मल्कीले एक एक गोल गरेका थिए ।
योसँगै अल हिलालको समुह डी मा ३ खेलमा ७ अंक भएको छ र् समुहमा शिर्ष स्थानमा रहेको छ । त्यसैगरी मुम्बई सिटीले भने आफ्ना तिनै खेलमा हार बेहोरेको छ ।