मुख्य समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहद्धारा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीको अवसरका सर्वसाधारणहरु लगायत शुभेच्छुकहरुलाई टीका लगाइदिएका छन् । पूर्वराजा शाहले निर्मल निवासमा अपराह्न चार बजेदेखि टीका लगाइदिएका हुन् । पूर्वयुवराज पारस शाहले समेत उपस्थिति जनाएका थिए ।

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दसैँ घर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानेर लगाउने परम्परा रहेको छ ।

त्रेता युगमा आजकै दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । आज असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकका रूपमा मनाइने विजयादशमी (बडा दसैँ)को सबैभन्दा महत्त्वपूर्ण दिन हो । आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, पिता, माता, मान्यजन तथा ठुलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद ग्रहण गरी आर्शिवाद ग्रहण गर्ने परम्परा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *