राजनीति

अखिल क्रान्तिकारीद्धारा ९९९ सदस्यीय आयोजक कमिटी गठन

काठमाडौं । अखिल (क्रान्तिकारी)को विद्यामान केन्द्रीय समितिलाई विस्तार गरी नौ सय ९९ सदस्य आयोजक समितिमा रूपान्तरण गरेको छ । असोज १९ गते क्रान्तिकारीको केन्द्रीय समिति बैठकको निर्णय अनुसार विद्यामान समितिलाई २३ औँ राष्ट्रिय आयोजक समितिमा रूपान्तरण गरिएको जनाइएको छ ।

उक्त बैठकले विद्यामान केन्द्रीय समितिका पदाधिकारी, सदस्य, केन्द्रीय निकायका पदाधिकारी तथा सदस्यहरू स्वतः प्रतिनिधि हुने व्यवस्था खारेज गरी निर्वाचन प्रक्रियाबाट चुनिएर आउनुपर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *