
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सकारात्मक सोच राखेर अघि बढ्नुपर्ने बताएका छन् । शनिबार नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको शुभकामना आदान प्रदान एवम् चियापान समारोहमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले यस्तो बताए ।
अध्यक्ष नेपालले समाजमा नकारात्मक सोच राख्ने मान्छे भएपनि आँफू सकरात्मक भएर अघि बढ्नुपर्ने धारणा प्रस्तुत गरे ।१८ वर्षसम्म पुग्दा पनि शान्ति प्रक्रिया, द्वन्द्व व्यवस्थापन तथा संक्रमणकालीन न्यायका कार्यहरुलाई टुंग्याउन ढिलो भएकाले अब ढिलो गर्न नहुने उनको भनाइ थियो । उनले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेस नेपाल आउँदा विषयमा सकारात्मक सन्देश दिन सक्नुपर्ने उनले बताए ।