
काठमाडौँ । नेदरल्याण्डसले बंगलादेशमाथि शानदार जित हासिल गरेको छ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत नेदरल्याण्डसले बंगलादेशलाई ८७ रनले पराजित गरेको हो ।
नेदरल्याण्डसले दिएको २३० रनको लक्ष्य पछाएको बंगलादेश ४२.२ ओभरमा १४२ रन बनाएर अल आउट भएपछि नेदरल्याण्डस ८७ रनले विजयी भएको हो ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले ५० ओभरमा अल आउट हुदै २२९ रन बनाएको थियो ।
जारी विश्वकपमा नेदरल्याण्डसको यो दोस्रो जित हो । ६ खेलमा नेदरल्याण्डसको ४ अंक भएको छ र अंकतालिकामा आठौ स्थानमा रहेको छ ।
त्यसैगरी यो हारसहित बंगलादेशको सेमिफाइनलको यात्रा भने समाप्त भएको छ । अब तीन खेल खेल्न बाँकी रहदा बंगलादेशले ५ हार बेहोरेको छ र केवल एक जित हासिल गरेको छ ।