सम-सामयिक

प्रतिनिधिसभाको बैठक सुरु

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्रसङ्घका महासचिवको सम्बोधन सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् ।

सचिवालयका अनुसार आइतवारको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्नेछन् भने परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले विमस्टेक वडापत्र अनुमोदनसम्बन्धी प्रस्ताव पेस गर्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *