
काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकपमा आज भारत र ईङल्याण्डबीच खेल हुदै छ । अटल बिहारी बाजपेई स्टेडियम लखनउमा हुने यस खेलमा इङल्याण्डले टस जितेर पहिला बलिङ गर्ने भएको छ । इङल्याण्डक कप्तान जस बटलरले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै भारतले पहिला ब्याटिंग गर्ने भएको छ ।
जारी क्रिकेट विश्वकपमा भारत अहिलेसम्म अपराजित रहेको छ । अहिलेसम्म खेलेका पाँचै खेल जितेर भारत अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी डिफेन्डिङ च्याम्पियन ईङल्याण्डको भने यस विश्वकपमा अहिलेसम्मको प्रदर्शन खराब रहेको छ । ईङल्याण्डले अहिलेसम्म खेलेका ५ मध्ये ४ खेलमा हार बेहोरेको छ ।
चार हारपछि ईङल्याण्डको सेमिफाइनलको यात्रा लगभग समाप्त भएको छ भने त्यसैगरी भारतले यो खेल जितेमा भने सेमिफाइनल छनौटको नजिक हुने छ ।
भारत र ईङल्याण्डबीच अहिलेसम्म १०६ एकदिवसीय खेल भएका छन् । जसमा भारतले ५७ खेल जितेको छ भने ईङल्याण्डले ४४ खेल जितेको छ । त्यस्तै ३ खेलको नतिजा आएको छैन भने २ खेल बराबरीमा सकिएका छन् ।
भारतको प्लेइङ ११- रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), सुर्यकुमार यादव, रविन्द्र जडेजा, मोहमद शामी, कुलदीप यादव, जसप्रित बुमराह र मोहम्मद सिराज ।
इङल्याण्डको प्लेइङ ११- जोस बटलर (कप्तान), जोनी बैरस्ट्रव, डविड मलान, जो रुट, बेन स्टोक, लियाम लिभिङस्टोन, मोइन अली, क्रिस वोक्स, डेभिड विली, आदिल राशिद र मार्क वूड ।