
काठमाडौं । अर्ना वियर कम्पनीले टी –२० क्रिकेट क्वालीफायरमा नेपाली टीमलाई हौसला प्रदान गर्दै खेलको अंकअनुसारका धन राशी प्रदान गर्ने घोषणा गरेको छ । अर्ना वियर कम्पनीले आइतबार नेपाली क्रिकेट खेलाडीलाई खेलमा उत्कृष्ठ प्रदर्शन गरेवापत अंक अनुसारको धनराशी प्रदान गर्ने घोषणा गरेको हो ।
अर्ना बिअर कम्पनीले टी–२० क्रिकेट क्वालीफाएरमा नेपाली टिमलाई प्रत्येक रन बापत एक हजार र प्रत्येक चौकामा १० हजार, र प्रत्येक छक्कामा २० हजार प्रदान गर्ने घोषणा गरेको छ । यस्तै प्रत्येक डट बलमा एक हजार, मिडन ओभरमा १० हजार, र प्रत्येक वीकेट प्राप्त गर्नेलाई २५ हजार प्रदान गर्ने घोषणा गरेको छ ।
