खेलकुद

भारतले ईङल्याण्डलाई १०० रनले हरायो

काठमाडौँ । भारतले जारी क्रिकेट विश्वकपमा लगातार छैटौं जित हासिल गरेको छ । क्रिकेट विश्वकपमा भारतले ईङल्याण्डलाई १०० रनले पराजित गर्दै लगातार छैटौं जित हासिल गरेको हो ।

भारतले दिएको २३० रनको लक्ष्य पछाएको ईङल्याण्ड ३४.५ ओभरमा अलआउट हुदै १२९ रन बनाएपछि भारतले खेल १०० रनले जितेको हो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउदै २२९ रन बनाएको थियो ।

यो जितपछि भारत अपराजित रहदै ६ खेलमा १२ अंक हासिल गर्दै अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ ।

त्यसैगरी ईङल्याण्डले पाँचौं हार बेहोरेको छ । ६ खेलमा केवल एक खेल जितेको ईङल्याण्ड सेमिफाइनलको दौड लगभग समाप्त भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *