
काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गतको म्यानचेस्टर डर्बी सिटीले जितेको छ । गएराती सम्पन्न म्यानचेस्टर डर्बी सिटीले ३-० गोल अन्तरले जितेको हो ।
म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्डले २ गोल गरेका थिए भने एक गोल फिल फोडेनले गरेका थिए ।
यो जितपछि म्यानचेस्टर सिटीको १० खेलमा २४ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।
त्यसैगरी घरेलु मैदानमा बेहोरेको यो हारपछि म्यानचेस्टर युनाइटेडको भने १० खेलमा १५ अंक रहेको छ र लिगमा आठौँ स्थानमा रहेको छ ।