देश

मुगु सामूहिक हत्या प्रकरण : एक जना शंकास्पद व्यक्ति प्रहरी नियन्त्रणमा

काठमाडौं । मुगुमा तीन बालबालिकासहित चार जनाको हत्या प्रकरणमा एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार जिल्ला सदरमुकाम गमगढीस्थितबिच बजार (नगरपालिका जाने बाटो)नजिकैबाट प्रहरीले ती शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको हो । यद्यपि ती व्यक्तिको नाम ठेगाना भने गोप्य राखिएको छ । अनुसन्धानमा बाधा नपुगोस् भन्ने उद्देश्यले नाम सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ ।

उक्त घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुर, प्रदेश प्रहरी कार्यालयको अनुसन्धान विशेष टोली र जुम्लाबाट पनि अनुसन्धान विशेष टोली खटिएको छ । तर, तालिम प्राप्त कुकुरले पनि कुनै सङ्केत दिन सकिरहेको छैन । आइतबारदेखि अनुसन्धानलाई सघाउन डीआईजी भीमप्रसाद ढकाल पनि घटनास्थलमा पुगेका छन् ।

शुक्रबार छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो । उनीहरुको शनिबार शव जिल्ला अस्पतालमा ल्याइएको भए पनि हालसम्म पोस्टमार्टम हुन सकिरहेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट