
काठमाडौँ । आज सिंगापुरविरुद्धको खेलमा अन्तिम समयमा दिपेन्द्रसिंह ऐरीलाई टिमबाट बाहिर राखिएको छ ।
नेपालको शुरुवाती प्लेइङ ११ मा रहेका दिपेन्द्र टस पछिको वार्मअपका क्रममा घाइते भएपछि अन्तिम समयमा टिमबाट बाहिर राखिएको हो । उनको ठाउमा आज विवेक यादवलाई खेलाइएको छ । दिपेन्द्रको इन्जुरी बारे विस्तृत विवरण भने प्राप्त भएको छैन ।
टी-२० विश्वकपको एशिया क्षेत्रको छनौट अन्तर्गत आज नेपालले पहिलो खेलमा सिंगापुरको सामना गरिरहेको छ ।