खेलकुद

टी-२० विश्वकप छनौटमा युएईको विजयी शुरुवात

काठमाडौँ । जारी टी-२० विश्वकप छनौटमा युएईले विजयी शुरुवात गरेको छ । समुह बि अन्तर्गत मुलपानी क्रिकेट मैदानमा आज सम्पन्न खेलमा युएईले बहराइनलाई ५ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

बहराइनले दिएको १३६ रनको लक्ष्य पछाएको युएईले १८.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बहराइनले २० ओभरमा ६ विकेट गुमाउदै १३५ रन बनाएको थियो ।

यो जितपछि युएईले समुह बि मा महत्वपूर्ण २ अंक हासिल गरेको छ । अब युएईले अर्को खेल मंगलबार कुवेतविरुद्ध मुलपानी क्रिकेट मैदानमा अपराहन्न १: १५ बजेदेखि खेल्ने छ । त्यसैगरी बहराइनले मंगलबार बिहान ९ बजे मुलपानी क्रिकेट मैदानमै हङकङको सामना गर्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट