राजनीति

राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा एक ठाउँमा उभिव प्रवासी नेपालीलाई लिङदेनको आग्रह

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राज संस्थाको स्थापना र हिन्दु राज्य कायम गर्नुपर्ने भन्दै आवाज उठाइरहेका छन् । अध्यक्ष लिङदेनले नेपालमा बडो मेहनतका साथ स्थापना गरिएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई हटाएर राजसंस्थाको सुरुवात गर्नुपर्ने भन्दै अमेरिका भ्रमणमा पुगेर राप्रपाको एजेन्डाका बारेमा देशदेखी विदेशसम्म छरिएर रहेका नेपाली नागरिकहरुलाई एक ठाउँमा उभिन आग्रह गरिरहेका छन् । नेपालमा शासन प्रणाली राम्रो नभएका कारण मुलुकमा विभिन्न घटनाहरु घटीरहेको बताउँदै त्यसको सुधारका लागि राजसंस्थ र हिन्दू राष्ट्रको पक्षमा विश्वभरका नेपाली नागरिकलाई एक ठाउँमा उभिन उनले आग्रह गरेका हुन् ।

पार्टी सम्वद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाले टेक्सासको ड्यालसमा आयोजना गरेको तेश्रो अधिवेशनको उद्घाटनका क्रममा अध्यक्ष लिङ्देनले नेपाली अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेको नेपाली डायस्पोरालाई नेपाल निर्माणको साझेदार बनाउनुपर्नेमा समेत जोड दिए । नेपाली राजनीतिको कोर्ष परिर्वतन र पुस्ता हस्तान्तरणका विषयमा लामो समयदेखी कुरा उठीरहेकाले नेपाली राजनीतिमा पुस्ता हस्तान्तरण र नेतृत्व परिवर्तन राप्रपाले सावित गरेको बताए । राष्ट्रिय राजनीतिमा राप्रपालाई शक्तिशाली बनाउने अभियान जारी रहेकाले देशमा परिवर्तन गरेर आफ्नो पक्षमा बहुमत बनाउन आँफू पछि नहट्ने समेत उनले बताए ।

अमेरिका भ्रमणमा रहेको बेला राप्रपाको पक्षमा धेरैले हात उठाएको महशुस गरेको उनको भनाइ छ । राजसंस्थाले कुनै पनि धर्म जात र वर्णलाई विभेद नगर्ने तर देशको राष्ट्रिय सुरक्षा , नेपालको पहिचान, र एकताका साथै स्थायीत्वका लागि आवाज उठाएको बताए । अधिवेशनलाई अध्यक्ष राजेन्द्र लिङदेन, पार्टीका नेता पुर्व मन्त्री प्रेमबहादुर भण्डारी ,पानस आईसीसी अध्यक्ष प्रेमकुमार श्रेष्ठ, सहायक महामन्त्री विजय खडका, प्रवास विभाग प्रमुख आनन्द अधिकारी, केन्द्रीय सदस्य लोक तिवारी, पानस सल्लाहकार प्रेम चौलागाई, एनआरएनए अमेरिकाका उपाध्यक्ष ज्ञानेन्द्र गुरूङ, सिटी काउन्सिल मेम्बर टिका पौडेल, चिकित्सक एवं गत निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ का राप्रपा उमेदवार डा. रामप्रसाद उप्रेती, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारी, नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले लगायतले सम्बोधन गरेका थिए ।

अधिवेशनले टेक्सासका रवि रावलको अध्यक्षतामा पानस अमेरिकाको २१ सदस्यीय नयकका नेतृत्व सर्वसम्मतिले चयन गरेको छ । यसैगरी उपाध्यक्ष दिपु भुषाल, (टेक्सास) नरेन्द्र शाह (न्युयोर्क), बामदेव अर्याल (मेरिल्याण्ड), केमिका भण्डारी (मेरिल्याण्ड) चयन भएका छन् । महासचिव डा.शंकर बिशुंख,सचिव गोविन्द सिंह ठकुरी र कोषाध्यक्ष रामशरण श्रेष्ठ चुनिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट