राजनीति

मंगलबार बिहानै महासचिव गुटेरेस अन्नपूर्ण आधार शिविर जाने

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस भोली बिहान नै अन्नपूर्ण आधार शिविर जाने भएका छन्् । मंगलबार बिहान अन्नपूर्ण आधार शिविर क्षेत्रको अवलोकनका लागि महासचिव एन्टोनियो गुटेरेस त्यस क्षेत्रमा जाने भएपछि
अन्नपूर्ण आधार शिविरमा स्वागत कार्यक्रमको सम्पूर्ण तयारी पुरा गरिएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार गुटरेसको स्वागत कार्यक्रमको तयारीका लागि आइतबार नै आधार शिविर पुगेको अन्नपूर्ण आधार शिविर रहेको वडा नं..११ का वडाध्यक्ष गुरुङको भनाइ छ । गुटेरेस अन्नपूर्ण आधार शिविरमा जाने भएपछि आइतबार नै नेपाली सेनाको टोलीले दुईवटा हेलिप्याड समेत निर्माण गरिएको केसीले बताए । अहिले गुटरेसलाई स्वागत गर्न आधार शिविरमा रातो कार्पेट ओच्छ्याउने तयारी गरिएको स्रोतले जनाएको छ । सोमबार मौसमा आएको खराबीका कारण सामान बोकेको हेलिकप्टर आधार शिविर पुग्न समस्या भएको जनाइएको छ ।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार समान ओसारपसार गर्न हेलिकप्टर नआएपछि समस्या भएको छ । ‘महासचिव गुटरेस सोमबार दिउँसो पोखरा आइसकेका छन् । महासचिव आज पोखरामा छन् । सोमबार पोखरामै बास बसेर मंगलबार बिहान ६ बजेर ३० मिनेटमा नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण आधार शिविर जाने तालिका छ ।

‘ समय रहेको अवस्थमा जलवायु परिवर्तनका कारण हिमानमा ,हिमनदिमा देखिएका समस्या र आगामी दिनमा देखा परेका समस्या समाधानका लागि रोकथामका उपायवारे सोधपुछ गर्ने स्थानीयवासीहरुको तयारी रहेको छ । आधार शिविरमा महासचिव गुटरेसले सामान्य चियापानमात्रै गर्नेछन् । एबीसीबाट ७ : ५० मा पोखरा फर्किएपछि पत्रकारसँग पनि कुराकानी गर्ने तयारी रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *