देश

राष्ट्रसङ्घको फ्रेमवर्क कन्भेन्सन पक्षहरूको २८औँ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ‘प्रचण्ड’ युएई जाने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युएई जाने भएका छन् । आगामी महिना खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई)को भ्रमणमा जाने भएका छन् ।

युएईको दुबईमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घको फ्रेमवर्क कन्भेन्सन (कोप)का पक्षहरूको २८औँ सम्मेलनमा सहभागी हुन उनी युएई जान लागेका हुन् ।

कोप-२८ आगामी मंसिर १४ देखि २६ गतेसम्म युएईको दुबईमा हुँदै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *