खेलकुद

श्रीलंकामाथि अफगानिस्तानको शानदार जित

काठमाडौँ । अफगानिस्तानले श्रीलंकामाथि शानदार जित हासिल गरेको छ । जारी आइसीसी क्रिकेट विश्वकपमा अफगानिस्तानले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो ।

श्रीलंकाले दिएको २४२ रनको लक्ष्य पछाएको अफगानिस्तानले ४५.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

अफगानिस्तानको जितमा अज्मतुल्लाह ओमारजाईले अविजित ७३ रन बनाएका थिए भने रहमत शाहले ६२, कप्तान हशमतुल्लाह शाहिदीले अविजित ५८तथा इब्राहिम जद्रानले ३९ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंका ४९.३ ओभरमा अल आउट हुदै २४१ रन बनाएको थियो ।

श्रीलंकाका लागि पाथुम निसान्काले सर्बाधिक ४६ रन बनाएका थिए भने कप्तान कुशल मेन्डिसले ३९, सादीरा समाराविक्रमाले ३६, महीश थिक्सनाले २९, एन्गेलो म्याथ्युजले २३, चारिथ असलंकाले २२ रन बनाएका थिए ।

त्यसैगरी अफगानी बलर फजलहक फारुकीले ४ विकेट लिए भने मुजीब उर रहमानले २ तथा अज्मतुल्लाह ओमरजाइ र राशिद खानले एक एक विकेट लिए ।

अफगानिस्तानको यस विश्वकपमा यो तेस्रो जित हो । अफगानिस्तानले यसअघि डिफेन्डिङ च्याम्पियन ईङल्याण्ड र पाकिस्तानलाई पराजित गरेको थियो । यो जितपछि अफगानिस्तानको ६ खेलमा ३ जित र ३ हारसहित ६ अंक हासिल गर्दै पाँचौं स्थानमा उक्लिएको छ । त्यसैगरी श्रीलंकाको भने ६ खेलमा ४ हार र २ जितसहित ४ अंक रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *