देश

गुटेरेसको स्वागतका लागि लुम्बिनीमा प्रधानमन्त्री

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न उनी लुम्बिनी आइपुगेका हुन् ।

एन्टोनियो गुटेरेस अन्नपूर्ण बेसक्याम्पबाट आउन केही समय ढिला हुने भए पनि प्रधानमन्त्री दाहाल पहिले नै यहाँ पुगेका हुन् । पूर्वनिर्धारित समय तालिकाअनुसार बिहान पौने ९ बजे गुटेरेस आउने बताइए पनि बेसक्याम्पमा भएको ढिलाइले केही समय लाग्ने भएको लुम्बिनी विकास कोषले जनाएको छ।

प्रधानमन्त्रीलाई यहाँ विकास कोषका पदाधिकारीलेहरुले स्वागत गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *