
काठमाडौं । आयुर्वेद चिकित्सालय नरदेवी र सिंहदरबार बैद्यखाना विकास समितिको प्रमुख फेरिएका छन् । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले कात्तिक २ मा मन्त्रीस्तरीय निर्णय गर्दै दुबै स्थानको कार्यकारी निर्देशक फेरेका हुन् ।
नरदेवीमा दशौँ तहका डा.श्यामबाबु यादवलाई निमित्त निर्देशक बनाइएको छ । नरदेवीमा निर्देशक रहेका एघारौँ तहका डा.प्रदीप केसीलाई सिंहदरबार बैद्यखाना विकास समितिको कार्यकारी निर्देशक बनाइएको छ ।
नरदेवीमा निमित्त निर्देशक बनेका यादवको दरबन्दी आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकु र वैद्यखाना पठाइएका केसीको दरबन्दी आयुर्वेद चिकित्सालय नरदेवीमै राखिएको छ ।