देश

लुम्बिनी पुगे संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस

बुटवल । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन् ।

पूर्वनिर्धारित समयभन्दा २ घन्टा ढिलो गरी मंगलबार बिहान उनी बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका हुन् ।

पोखरा हुँदै लुम्बिनी पुगेका महासचिव गुटेरेसको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचारप्रसार हुने अपेक्षा गरिएको छ ।

उनले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरुको निरीक्षण गर्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *