
काठमाडौँ । नेपालले मलेसियाविरुद्ध दोस्रो सफलता हासिल गरेको छ । टी-२० विश्वकप छनौट अन्तर्गत जारी खेलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको मलेसियाले दोस्रो विकेट गुमाएको हो ।
आक्रामक शुरुवात गरेको मलेसियाको दोस्रो विकेट रनआउटको रुपमा गुमाएको हो । ३ रन बनाएका मलेसियाका अहमद फैजलाई सन्दीप जोराले रनआउट गरेका हुन् । यस अघि अविनाश बोहोराले नेपाललाई पहिलो विकेट दिलाएका थिए ।